लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन : प्रधानमन्त्री

लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब लामो समय प्रधानमन्त्री हुन्छु भन्ने नलागेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले पहिल्यै दुई पटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै अहिले प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति आइलागेको बताए।

‘मलाई थाहा छ, म सधैँको लागि प्रधानमन्त्री भएको होइन, अहिले पनि मलाई लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन,’ उनले भने, ‘तर जति हुन्छु, यो पटक म जनताको पक्षमा काम गरेर देखाउँछु। त्यही अनुसार काम गर्दैछु।’

उनले तेस्रो पटक प्रधानमन्त्री हुँदा जनतालाई केही गरेर देखाउनुबाहेक अन्य केही नभएको बताए।उनले यसअघि दुवैपटक नैतिकताको धरातलमा टेकेर प्रधानमन्त्रीबाट राजीनामा दिएको स्मरण गरे।

असार २५, २०८० सोमबार १९:२७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।