चर्को विवादपछि कान्तिपुर टिभीले युट्युबबाट हटायो पल शाहको अन्तरवार्ता

चर्को विवादपछि कान्तिपुर टिभीले युट्युबबाट हटायो पल शाहको अन्तरवार्ता

काठमाडौं : कान्तिपुर टेलिभिजनले कार्यक्रम ‘ह्वाट द फ्लप’ युट्युबबाट हटाएको छ।

चर्को विवादपछि टेलिभिजनले उक्त कार्यक्रम युट्यबुबाट हटाएको आधिकारिक फेसबुक पेजमार्फत जानकारी गराएको छ।

शनिबार प्रसारित कार्यक्रममा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरमा चर्को विवाद भएको थियो।

महिलाको प्रतिष्ठा र सम्मान आफूहरूको आधारभूत प्रतिबद्धता साथै एजेन्डा पनि भएको उल्लेख गर्दै कार्यक्रम युट्युबबाट हटाइएको उसले जनाएको छ।

कार्यक्रममा नाबालिग बलात्कार मुद्दाको विषय र पल शाहको जेल अनुभव प्रसारण गरिएको थियो। शाहले आफ्नो अनुभव सुनाउँदै गर्दा कलाकारसमेत रहेको कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्री अट्टाहास हासिरहेका थिए।

कार्यक्रम प्रसारण भएपछि उकेराले कार्यक्रमको विषयलाई लिएर समाचार लेखेको थियो।

असार २५, २०८० सोमबार १८:३९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।