राजीनामा माग्ने लिङ्देनलाई प्रचण्डको जवाफ- तपाईंले भनेर त दिन्न, अन्तरआत्माले भन्यो भने १ मिनेट पनि बस्दिनँ

राजीनामा माग्ने लिङ्देनलाई प्रचण्डको जवाफ- तपाईंले भनेर त दिन्न, अन्तरआत्माले भन्यो भने १ मिनेट पनि बस्दिनँ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्ष दलले राजीनामा माग्दैन नदिले स्पष्ट पारेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले माग्दैमा राजीनामा दिन नसकिने बताए।

यसअघि लिङ्देनले प्रधानमन्त्रीमा अलिकति पनि नैतिकता भए राजीनामा दिन आग्रह गरेका थिए। त्यसको जवाफमा उनले आफूले यसअघि दुई पटक प्रधानमन्त्रीबाट राजीनामा दिँदा नैतिकताकै आधारमा दिएको बताए।

प्रधानमन्त्री दाहालले भने-
कसले कति गर्यो भनेर विगत हेर्नुभयो भने दुई–दुईपटक मैले प्रधानमन्त्रीबाट राजीनामा दिँदा कस्तो परिस्थिति र के कस्तो आधारमा दिएँ? म मान्य सदस्यलाई गहिरो गरी छातीमा हात राखेर विचार गर्न आग्रह गर्न चाहन्छु। नैतिकता कसले देखायो यो देशमा कसले देखाएन? दुवैपटक नैतिकताको धरातलमा टेकेर नै मैले प्रधानमन्त्री छोडेको हो। तपाईंले भनेर त म गर्न सक्दिनँ। मेरो अन्तरआत्माले भन्यो भने १ मिनेट पनि बस्दिनँ म। तर हामीले एउटा संस्कार पनि बसाउनु छ। प्रतिपक्षले माग गर्यो, सत्तापक्षले भागिहाल्ने भयो भने देशको गति के हुृन्छ? अहिले मैले त्यसो गरेँ भने भोलि तपाईं प्रधानमन्त्री हुँदा पनि त्यहि होला नि त!

असार २५, २०८० सोमबार १७:३५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।