रुपन्देहीमा मोटरसाइकल चोरीमा गिरोह नै सक्रिय, १४ मोटरसाइकल सहित १२ जना पक्राउ

रुपन्देहीमा मोटरसाइकल चोरीमा गिरोह नै सक्रिय, १४ मोटरसाइकल सहित १२ जना पक्राउ

बुटवल : के तपाईंको मोटरसाइकल हराएको छ? हराएको छ भने एक पटक इलाका प्रहरी कार्यालय बुटवलमा पुग्नुस्। किनकी इलाका प्रहरी कार्यालय बुटवलले १४ वटा चोरीका मोटरसाइकल भेट्टाएको छ।

प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १२ जनाको गिरोहलाई पनि पक्राउ परेको छ। 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दान बहादुर थापाले १२ जनामध्ये ६ जना एउटा समूहमा रहेको र अन्य ६ जना विभिन्न समूहमा रहि चोरीमा संलग्न रहँदै आएको पाइएको बताए। 

गत फागुन यता हराएका मोटरसाइकल खोजीका लागी डेढ महिनादेखि थालिएको चोरी अपरेसनबाट उक्त गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। 

पक्राउ परेकाहरुमा रुपन्देहीको, बुटवल उपमहानगरपालिका वडा नं. ३ ज्योतीनगर बस्ने वर्ष १९ को तरुन राना, पश्चिम नवलपरासीको रामग्राम-१४ बस्ने वर्ष ४३ को सुनील कुमार चौधरी, रामग्राम-१६ बस्ने वर्ष २० को करन थारू, गुल्मी घर भई हाल रुपन्देहीको तिलोत्तमा-५ बस्ने वर्ष २६ को सरोज थापा र वर्ष २६ कै दीपक रेग्मी मगर तथा तिलोत्तमा-६ बस्ने वर्ष २४ को दीपेश थापा रहेका छन्।

त्यस्तै तिलोत्तमा-६ बस्ने वर्ष २५ को हितेश राना, बाग्लुङको बरेङ-५ सुखौरा बस्ने वर्ष १९ को आशिष सामत, वर्ष २० को दिपक सामत, वर्ष २९ को गोरे भन्ने प्रमोद पुर्जा, बरेङ ५ भित्रीवन बस्ने वर्ष २२ को मिलन खत्री र रुपन्देहीको तिलोत्तमा-४ बस्ने वर्ष १८ को आकाश नेपाली रहेका छन्।

असार २५, २०८० सोमबार १७:०२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।