संसदमा प्रधानमन्त्रीको प्रतिप्रश्न– प्रतिपक्षीले माग्नेबित्तिकै राजीनामा दिनुपर्ने हो?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षीले माग्नेबित्तिकै राजीनामा दिनुपर्ने हो भन्दै प्रश्न गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले प्रतिपक्षीले माग्नेबित्तिकै राजीनामा दिनुपर्ने हो? भन्दै प्रश्न गरेका छन्।
‘प्रतिपक्षीले माग्नेबित्तिकै राजीनामा दिनुपर्ने हो?,’ उनले प्रश्न गरे, ‘प्रश्न उठाउनेबित्तिकै प्रधानमन्त्रीले सदनमा स्पष्टीकरण दिन नपाउने नै हो?’
उनले आफू प्रतिपक्षी दलका नेता र माननीयहरूले सोधेको प्रश्नको प्रतिप्रश्न गर्ने अवस्थामा नभएको भन्दै कम्तीमा प्रधानमन्त्रीले सदनमा उभिएर स्पष्टीकरणको मौका नदिएकोमा आफू चकित परेको बताए।
त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीमा अलिकति नैतिकता भए राजीनामा दिनुपर्ने बताएका थिए।
असार २५, २०८० सोमबार १६:४६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।