चट्याङका कारण पाँच वर्षमा ४१९ जनाले ज्यान गुमाए

चट्याङका कारण पाँच वर्षमा ४१९ जनाले ज्यान गुमाए

काठमाडौं : पछिल्लो पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणका अनुसार यस अवधिमा चट्याङका कारण ६ करोडभन्दा बढी आर्थिक क्षति भएको छ। 

२०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा एक सय आठ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जनाले चट्याङका कारण ज्यान गुमाएका छन्।

चट्याङका कारण लुम्बिनी प्रदेशमा ७६, मधेस प्रदेशमा ६९, बागमती प्रदेशमा ६२, सुदूरपश्चिम प्रदेशमा ४३ र गण्डकी प्रदेशमा ३६ जनाले ज्यान गुमाएका छन्। 

सो अवधिमा चट्याङका कारण ६ करोड आठ लाख ८५ हजार सात सय ६० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। चट्याङका कारण मुलुकभर कूल ५७ वटा भौतिक पूर्वाधारमा क्षति पुगेको छ। साथै यस अवधिमा कूल तीन हजार एक सय ८७ वटा पशु चौपायाको क्षति भएको छ। 

असार २५, २०८० सोमबार १६:४५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।