रवि लामिछानेले भने– ‘संसद्लाई तीन दलको बन्धक बनाउन मिल्छ?’

रवि लामिछानेले भने– ‘संसद्लाई तीन दलको बन्धक बनाउन मिल्छ?’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद्लाई तीन दलले बन्धक बनाउन मिल्छ भन्दै प्रश्न गरेका छन्।

सोमबारको संसद् बैठकमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन्। उनले संसद् कुनै दलका शीर्ष नेता र पार्टीको मुद्दामा रोकिन नहुने बताए।

उनले भने, ‘संसद्लाई तीन दलले बन्धन बनाउन मिल्छ? संसद्मा अरु दल छैनन्? ती दलका शीर्ष नेताहरूको मुड र लहडमा संसद् अवरुद्ध गर्न पाइन्छ? कुनै नेता र पार्टीहरूको मुद्दामा संसद् रोकिनुहुँदैन सभामुख महोदय।’

सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचनका क्रमा दिएको अभिव्यक्ति घोर आपत्तिजनक भएको भन्दै त्यसका लागि स्पष्टीकरण दिनुपर्ने तर्क गरे।

साथै उनले मिटरब्याजविरुद्ध अध्यादेश निष्क्रिय हुने अन्तिम दिन किन पेश गरियो भन्दै सरकारमाथि प्रश्न उठाएका छन्। सहकारी ठगीका कयौं पीडित माइतीघरमा धर्नामा रहेको स्मरण गर्र्दै त्यसतर्फ सांसदहरूको ध्यान किन नगएको भन्दै प्रश्न गरे।

असार २५, २०८० सोमबार १६:३६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।