बैतडीमा सडकबाट खसेको बस रुखमा अड्कियो, एक जनाको मृत्यु, ३९ घाइते

बैतडीमा सडकबाट खसेको बस रुखमा अड्कियो, एक जनाको मृत्यु, ३९ घाइते
तस्बिर : गोबिन्द पन्त

बैतडी : बैतडीको मेलौलीमा आज दिउँसो भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य ३९ यात्रु घाइते भएका छन् । 

पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको हो।

बस सडकबाट करिब ४०० मिटर तल खसेर रुखमा अड्किएको प्रहरीको भनाइ छ। 

मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। दुर्घटनाको कारण खुल्न सकेको छैन।

भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो। 

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका १६ जनालाई डडेल्धुरा अस्पताल पठाइएको छ। अन्य घाइतेको मेलौलीमा उपचार भइरहेको छ। 

असार २५, २०८० सोमबार १६:३३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।