विदेश पढ्न जाँदैमा राम्रै हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन : अर्थमन्त्री महत

विदेश पढ्न जाँदैमा राम्रै हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन : अर्थमन्त्री महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेश पढ्न जाँदैमा सबै राम्रै हुन्छ भन्ने कुनै ग्यारेन्टी नहुने बताएका छन्।

सोमबार पब्लिक युथ क्याम्पसको ३३औं वार्षिकोत्सव समारोहमा बोल्दै महतले विदेश पढ्न जाने धारणालाई उल्टाउन पर्ने बताए।

‘बाहिर जाँदैमा सबै कुरा विद्यार्थीको पक्षमा हुन्छ भन्ने छैन। आर्थिक दायित्व थप त छँदैछ, अरु कोणबाट पनि उत्कृष्ट हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन,’ उनले भने, ‘तर पनि पढ्न बाहिर जानुपर्छ भन्ने मानसिकता हाम्रो समाजमा व्याप्त छ। यसलाई ‘रिर्भस’ गर्नुपर्ने आजको आवश्यकता छ।’

महतले मानिसले आफ्नो क्षमता, योग्यता, प्रतिभा, सिर्जना र सम्भावनाको सम्पूर्ण रुपमा प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा आफूहरुले विश्वास गर्ने बताए।

कार्यक्रममा उनले स्थानीय तहमा साधन स्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने गरेको पनि उल्लेख गरे।

असार २५, २०८० सोमबार १५:२१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।