संसद्को अवरोध हट्ने, प्रधानमन्त्रीले भने- सदनमा सम्बोधन गर्छु

संसद्को अवरोध हट्ने, प्रधानमन्त्रीले भने- सदनमा सम्बोधन गर्छु
फाइल तस्बिर

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि प्रधानमन्त्री दाहालले संसदमा सम्बोधन गर्ने जानकारी गराएका हुन्।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै सञ्चारकर्मीलाई भने, ‘म संसद् जाँदैछु। मैले सदनमा सम्बोधन गर्छु।’

यसअघि सोही बैठकबाट निस्कँदै एमाले अध्यक्षले ओलीले ‘पार्लियामेन्टमा थाहा हुन्छ’ भन्ने उत्तर दिएका थिए।

प्रधानमन्त्री दाहालले भारतीय व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली धाएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले त्यसैलाई कारण बनाएर प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध गरिरहेको छ।

एमालेकै संसद् अवरोधका कारण सरकारले वैशाख २० गते मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याएको मिटरब्याजसिवरुद्धको अध्यादेश निस्क्रिय भएको हो।

असार २५, २०८० सोमबार १४:४८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।