संसद खुलाउन बसेको तीन नेताको बैठकपछि ओलीले भने- ‘पार्लियामेन्टमा थाहा हुन्छ’

संसद खुलाउन बसेको तीन नेताको बैठकपछि ओलीले भने- ‘पार्लियामेन्टमा थाहा हुन्छ’

काठमाडौं : संसद खुलाउनका लागि तीन ठूला दलका नेताबीच भएको छलफल सकिएको छ।

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सकिएको हो।

बैठकपछि सञ्चारकर्मीले सोधेको ‘बैठकमा के भयो?’ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ।’

प्रतिनिधिसभाको बैठक आजै दिउँसो तीन बजेका लागि बोलाइएको छ। यसअघि आइतबार पनि तीन दलका नेताको बैठक बसेको थियो।

तर अन्तिम समयमा एमालेले बैठक बस्न नदिने भनेपछि सभामुखले सूचना टाँसेर बैठक स्थगित गरेका थिए।

प्रधानमन्त्री दाहालले भारतीय व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली धाएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले त्यसैलाई कारण बनाएर प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध गरिरहेको छ।

एमालेकै संसद् अवरोधका कारण सरकारले वैशाख २० गते मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याएको मिटरब्याजसिवरुद्धको अध्यादेश निस्क्रिय भएको हो।

असार २५, २०८० सोमबार १४:३५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।