सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रविन्दु भएर भूकम्प

सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर आज दिउँसो १२:४७ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि यही असार ८ गते लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ। 

असार २५, २०८० सोमबार १४:०३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।