राष्ट्रियसभाको आजको बैठक स्ठगित, मंगलबारका लागि सारियो

राष्ट्रियसभाको आजको बैठक स्ठगित, मंगलबारका लागि सारियो

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज पनि स्थगित भएको छ। आजका लागि बोलाइएको बैठक एक दिन पछि मंगलबारका लागि सारिएको हो। 

आज बिहान ११ बजेको लागि बोलाइएको बैठक सूचना निकालेर विशेष कारण भन्दै मंगलबार बिहान ११ः०० बजेका लागि सारिएको छ। 

एमालेको अवरोधका कारण गत एक सातादेखि दुवै सदन चल्न सकेका छैनन्। गत शुक्रवारको बैठकमा बिनियोजन बिधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुने तय गरिएको थियो। तर बैठक बस्न सकेन।

असार २५, २०८० सोमबार ११:४०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।