जलहरी प्रकरणमा मुछिएपछि ओलीले पशुपतिमा गर्ने भनिएको क्षमापूजा स्थगित

जलहरी प्रकरणमा मुछिएपछि ओलीले पशुपतिमा गर्ने भनिएको क्षमापूजा स्थगित

काठमाडौँः नेकपा एमालेका अध्यक्ष केपी ओलीले आज बिहान पशुपतिनाथ मन्दिरमा गर्ने भनिएको पूजा स्थगित भएको छ।

पत्नी राधिकासहित सोमबार बिहान पशुपतिमा उनले पूजा गर्ने तयारी भए पनि स्थगित गरिएको उनको सचिवालयले जनाएको छ। 

जलहरी प्रकरणमा मुछिएपछि ओलीले पशुपतिमा क्षमा पूजा गर्न लागेका थिए। त्यसका लागि ओलीले पशुपति क्षेत्र विकास कोषमा जानकारीसमेत गराइसकेका थिए। 

तर के कति कारणले ओलीको पूजा कार्यक्रम रोकिएको त्यसको भने जानकारी गराइएको छैन। 

जलहरी प्रकरणमा एमालेको नाम मुछिएपछि ओलीले क्षमापूजा गर्न लागेका थिए। 

असार २५, २०८० सोमबार ११:०२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।