पाकिस्तानमा क्रिकेट खेलिरहेका ८ बच्चालाई पहिरोले बगायो, ३० वर्षयताकै भयानक वर्षा

पाकिस्तानमा क्रिकेट खेलिरहेका ८ बच्चालाई पहिरोले बगायो, ३० वर्षयताकै भयानक वर्षा

पाकिस्तानमा भारी वर्षाका कारण ७६ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन्।

मृत्यु हुनेमा ३१ बालबालिका पनि रहेका छन्। पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। वर्षाका कारण ७८ घर पनि भत्किएका छन्। त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले यो जानकारी दिएको हो।

वर्षाको सबैभन्दा बढी असर पाकिस्तानको पञ्जाब प्रान्तमा परेको छ, जहाँ ४८ जनाको मृत्यु भएको छ। त्यहाँ वर्षाले ३० वर्षको कीर्तिमान पनि तोडेको छ, एकै दिन २९१ मिलिमिटर पानी परेको छ। लाहोरमा भएको वर्षामा सडकमा पार्किङ गरेका सवारीसाधन पनि डुबेका छन्। 

क्रिकेट खेलिरहेका ८ बालबालिका बाढीले बगायो

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार पहिरोमा परेर क्रिकेट खेलिरहेका ८ बालबालिकाको मृत्यु भएको छ। यहाँ भीषण वर्षाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ। वर्षाका कारण दोस्रो बढी प्रभावित क्षेत्र रहेको बताइएको छ।

भवन भत्किने र चट्याङ लागेर पनि मानिसले ज्यान गुमाइरहेका छन्। 

मौसमविद्हरूका अनुसार पाकिस्तानमा जलवायु परिवर्तनका कारण मौसमी वर्षा बढिरहेको छ। गत वर्ष पाकिस्तानमा वर्षायाममा आएको बाढीका कारण १७०० जनाको मृत्यु भएको थियो।

एकै समयमा, यसले ३३ लाख मानिसहरूको जीवनमा प्रभावित बनेको थियो। 

असार २४, २०८० आइतबार २०:२०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।