भारतका अधिकांश राज्यमा भारी वर्षा, दिल्लीमा ४१ वर्षयताकै ठूलो वर्षा

भारतका अधिकांश राज्यमा भारी वर्षा, दिल्लीमा ४१ वर्षयताकै ठूलो वर्षा

भारतको राजधानी दिल्लीमा ४१ वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको छ। 

दिल्ली, हिमाचल, पञ्जाबलगायत देशका उत्तरी राज्यहरूमा अहिले भारी वर्षा भइरहेको छ। दिल्लीमा सन् १९८२ यता जुलाईमा एकै दिनमा सबैभन्दा बढी आजकै दिन १५३ मिलिमिटर वर्षा भएको छ।

यसअघि सन् १९८२ जुलाई २५ मा दिल्लीमा १६९.९ मिलिमिटर वर्षा भएको थियो। सन् २००३ मा २४ घण्टामा १३३.४ मिलिमिटर वर्षा भएको थियो। त्यस्तै २०१३ मा दिल्लीमा १२३.४ मिलिमिटर वर्षा वर्षा भएको थियो।

यता हरियाणाले यमुना नदीमा १ लाख क्युसेकभन्दा बढी पानी छोडेको कारण दिल्ली सरकारले बाढीको चेतावनी जारी गरेको छ।

असार २४, २०८० आइतबार १९:५९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।