कीरा नै परिसकेको मिठाई बेच्ने पसल सञ्चालकलाई १ लाख ५० हजार जरिवाना

कीरा नै परिसकेको मिठाई बेच्ने पसल सञ्चालकलाई १ लाख ५० हजार जरिवाना

काठमाडौं : कीरा नै परिसकेको मिठाई बिक्री गरेको भन्दै काठमाडौँ महानगरपालिकाले लाजिम्पाटमा रहेको आकाश फुड्सलाई जरिवाना गरेको छ। 

महानगरपालिका वडा नम्बर ०२ लाजिम्पाटमा अंकुर अग्रवालले सञ्चालन गरेको उक्त मिठाइ पसलले सडेगलेको र ढुसी परेको मिठाई बिक्री गरेको पाइएको महानगरको अनुगमन टोलीले जनाएको छ। 

उक्त मिठाई पसललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। जरिवानावात उक्त रकम सात दिनभित्र महानगरपालिकाको बजार अनुगमन शाखाको खातामा जम्मा गर्न भनिएको छ। 
 

असार २४, २०८० आइतबार १९:३६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।