सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा बिहान गएको बत्ती ८ घण्टापछि आयो

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा बिहान गएको बत्ती ८ घण्टापछि आयो

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा अवरुद्ध भएको विद्युत् सेवा आठ घण्टापछि सञ्चालन भएको छ।

डोटीको रुवसकाँडामा एक सय ३२ केभी प्रसारण लाइनको तार टुटेपछि बिहान ८ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो। 

टुटेको तार अत्तरियाबाट आएको प्राविधिक टोलीले मर्मत गरेपछि आठ घण्टापाछि सेवा सञ्चालन भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीका प्रमुख पवन भट्टले जानकारी दिए।

'तार टुट्दा सुदूरपश्चिमका  सात पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको थियो', उनले भने, 'तार टुटेको खबर पाएपछि प्राविधिक टोली परिचालन गरेर मर्मत गरिएको थियो। अहिले बिजुली सञ्चालन भइसकेको छ।'–

असार २४, २०८० आइतबार १९:२५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।