ललिता निवासको जग्गा किर्ते प्रकरणमा समरजङ्ग कम्पनीका पूर्व प्रमुख लोकहरि पक्राउ

ललिता निवासको जग्गा किर्ते प्रकरणमा समरजङ्ग कम्पनीका पूर्व प्रमुख लोकहरि पक्राउ

काठमाडौँ : ललिता निवास जग्गाको किर्ते प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समरजङ्ग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पक्राउ गरेको छ।

बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवाससँगै जोडिएको सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा पास गरेको घटनाबारे ब्यूरोले अनुसन्धान गरिरहेको छ। सोही अनुसन्धानकोक्रममा जग्गाधनी रहेको समरजङ्ग कम्पनीका पदाधिकारीको समेत संलग्नता देखिएपछि घिमिरे पक्राउ परेका हुन्।

प्रहरीले यस अगाडि सोही कम्पनीका पूर्वप्रमुख रमेशकुमार पोखरेललाई गत मङ्गलवार पक्राउ गरेको थियो।

असार २४, २०८० आइतबार १६:५८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।