भुटानी शरणार्थी प्रकरण : आरजुलाई पैसा दिएको भन्ने अडियो जेलमा रहेका सन्देश शर्माको स्वरसँग मिल्यो

भुटानी शरणार्थी प्रकरण : आरजुलाई पैसा दिएको भन्ने अडियो जेलमा रहेका सन्देश शर्माको स्वरसँग मिल्यो

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणालाई पैसा दिएको भन्ने अडियो जेलमा रहेका सन्देश शर्माको स्वरसँग मिलेको छ।

यस प्रकरणमा आरजु राणाको नाम लिएर सार्वजनिक भएको अडियोमा बोल्ने व्यक्ति प्रतिवादी सन्देश शर्मा नै भएको प्रहरीले जनाएको छ। उनी हाल यसै मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।

पैसा दिएको भन्ने अडियोमा आफ्नो नाम जोडिएपछि आरजुले यसको खण्डन गर्दै आएकी छन् भने गत वैशाखमा प्रहरीमा उजुरी दिएकी थिइन्। 

अडियोमा आवाज सन्देश शर्माको भए पनि अडियो कसरी तयार भयो भनेर टिकटक सिंगापुरलाई पत्राचार गरे पनि थप जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ। 

यो पनि

असार २४, २०८० आइतबार १४:१२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।