राष्ट्रिय झण्डा ओढाएर उनकै गीत गाउँदै रविनलाई गरियो अन्तिम बिदाइ

राष्ट्रिय झण्डा ओढाएर उनकै गीत गाउँदै रविनलाई गरियो अन्तिम बिदाइ

काठमाडौं : चर्चित गायक तथा अभिनेता रविन तामाङलाई आइतबार राष्ट्रिय झण्डा ओढाएर उनकै गीत गाउँदै अन्तिम  बिदाइ गरिएको छ। 

गत मंगलबार निधन भएका तामाङलाई विभिन्न कलाकार, नेता तथा उनका फ्यानले आज श्रद्धाञ्जली अर्पण गरे।

बुढानिलकण्ठस्थित निवासमा मृत भेटिएका तामाङको पार्थिव शरीरलाई नेपाल संगीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। 

उनको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाए। त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा तथा कांग्रेस महामन्त्री गगन थापाले तामाङले श्रद्धाञ्जली दिए।

रविनको बिदाइमा उनकै सम्मान स्वरुप उनकै दुई चर्चित गीतहरु गाइएको थियो। आजै उनको पार्थिव शरीरलाई शोभा भगवतीमा अन्तिम संस्कार गरिंदैछ।

असार २४, २०८० आइतबार १३:१४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।