विषालु च्याउ खाँदा ११ जना बिरामी
डोटी : दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका विषालु च्याउ खाँदा ११ जना बिरामी भएका छन्।
बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेलधुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए।
उनीहरुको अहिले डडेलधुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
असार २४, २०८० आइतबार १२:५५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।