सुडानमा हवाई आक्रमण, सर्वसाधारणसहित कम्तीमा २२ जनाको मृत्यु

सुडानमा हवाई आक्रमण, सर्वसाधारणसहित कम्तीमा २२ जनाको मृत्यु

उत्तर अफ्रिकी देश सुडानमा ३ महिनादेखि सेना र अर्धसैनिक बलहरूबीच भिडन्त चलिरहेको छ।

राजधानी खार्तुम नजिकैको ओमदुरमान शहरमा शनिबार भएको हवाई आक्रमणमा २२ जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन्।

अल जजिराका अनुसार यो हमला सहरी क्षेत्रमा हालसम्मकै सबैभन्दा खतरनाक हमला हो।

अर्धसैनिक बल आरएसएफले यसका लागि सुडान मिलिटरी फोर्सलाई दोष दिएको छ। आरएसएफका अनुसार यस हमलामा ३१ सर्वसाधारणको मृत्यु भएको छ।

सेनाले बस्तीलाई निशाना बनाएको छ। 

सोही क्रममा सो क्षेत्रमा बस्ने एक व्यक्तिले भने, 'आक्रमण कसले गरेको हो भन्न गाह्रो छ। केही दिनदेखि सेनाले यस क्षेत्रमा आरएसएफलाई आफ्नो विमानबाट निशाना बनाउँदै आएको छ।' 

आरएसएफले उत्तरी सुडानी सेनामाथि लगातार ड्रोन आक्रमण गरिरहेको छ। 

शनिबार हवाई हमला गर्नुअघि सेनाले शहरमा आरएसएफका धेरै स्थानहरूमा आक्रमण गरेको थियो। यसबाट बच्न आरएसएफका लडाकुहरूले आम नागरिकको घरमा शरण लिएका थिए।

असार २४, २०८० आइतबार १०:३२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।