रुस-युक्रेन युद्ध ५ सय दिन पूराः युक्रेनका ९ हजार नागरिकको मृत्यु, ६० लाख घरबारविहीन

रुस-युक्रेन युद्ध ५ सय दिन पूराः युक्रेनका ९ हजार नागरिकको मृत्यु, ६० लाख घरबारविहीन

२४ फेब्रुअरी २०२२ मा सुरु भएको रुस-युक्रेन युद्धको आज ५०० दिन पूरा भएको छ।

यस अवधिमा सर्वसाधारणको मृत्यु भएकोमा संयुक्त राष्ट्रसंघले आपत्ति जनाएको छ। यो ५ सय दिनमा युक्रेनका ९ हजार नागरिकको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ। जसमा ५ सय बालबालिका रहेका छन्। १५ हजारभन्दा बढी मानिस घाइते पनि भएका छन्।

युद्धका कारण जुलाई २०२३ सम्म ६० लाख मानिसहरूले आफ्नो घर छोड्नुपरेको छ। यसमा सबैभन्दा बढी १२ लाख ७५ हजार ३१५ जना रुस गएका छन्।

किभ स्कूल अफ इकोनोमिक्सको रिपोर्ट अनुसार यी ५०० दिनमा युक्रेनको भवन र पूर्वाधारमा अर्बौँ डलर नोक्सानी भएको छ।

आईएमएफले युक्रेनलाई युद्धको प्रभावबाट बाहिर आउन १० वर्ष लाग्ने र त्यसका लागि ५० लाख करोड रुपैयाँ खर्च गर्नुपर्ने बताएको छ।

असार २४, २०८० आइतबार ०८:४३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।