मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरी वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था हटाइयो

मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरी वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था हटाइयो

काडमाडौँः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था निष्क्रिय पार्ने सहमति भएको छ।

तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईको पालामा बनाइएको नगर शिक्षा नियमावली अव्यवहारिक भएको जनाउँदै जिल्लास्थित शिक्षक सङ्घ–सङ्गठन विरोध गर्दै आएका थिए। 

दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा शनिबार भएको छलफलका क्रममा नगर कार्यपालिकाको आगामी बैठकबाट नगर शिक्षा नियमावली, २०७६ को नियम २७ (ङ) लाई निष्क्रिय गर्ने, आगामी नगरसभाबाट शिक्षा नियमावली संशोधन गर्ने, शैक्षिक सुधारका कार्यहरूलाई निरन्तर अगाडि बढाउने, शिक्षकहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिने र नगरपालिका र शिक्षक सङ्घ-सङ्गठनबीच भएको सम्झौतालाई पूर्णरूपमा पालना गर्ने सहमति भएको छ।

नगरपालिकासँग भएको सहमतिपछि आफूहरूको आन्दोलनसमेत फिर्ता भएको शिक्षकले बताएका छन्। 

असार २४, २०८० आइतबार ०८:२५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।