पश्चिम बंगालमा पञ्चायत निर्वाचनमा हिंसा : १५ जनाको मृत्यु

पश्चिम बंगालमा पञ्चायत निर्वाचनमा हिंसा : १५ जनाको मृत्यु

भारतको पश्चिम बंगालमा पञ्चायत निर्वाचनको दिन विभिन्न क्षेत्रमा भएको हिंसामा १५ जनाको मृत्यु भएको छ।

कतिपय ठाउँमा मतपत्र च्यातिएको छ, कतिपय मतपेटिका पानीमा फालिएको छ भने कतिपय ठाउँमा आगो लगाइएको छ।

मृत्यु हुनेमा आठ तृणमुल कंग्रेस (टीएमसी)का कार्यकर्ता, कम्युनिष्ट पार्टी अफ इन्डिया तीन (सीपीआई एम) कार्यकर्ता, कंग्रेस-भाजपा र इन्डियन सेकुलर फन्ट (आईएसएफ) का एक-एक कार्यकर्ता र एक स्वतन्त्र उम्मेदवारको पोलिंग एजेन्ट छन्।

गृहमन्त्री अमित शाहले हिंसाका घटनाबारे राज्य सरकारसँग प्रतिवेदन मागेका छन्। 

राज्यको ७३ हजार ८८७ ग्राम पञ्चायत सीटहरूको नतिजा जुलाई ११ मा आउनेछ।

९ हजार १३ सिटका लागि उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। जसमध्ये सबैभन्दा बढी ८,८७४ तृणमूल कांग्रेसका छन्। जहाँ भाजपाका ६३, कांग्रेसका ४० र ३६ जना माओवादी (सीपीएम)का उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

 

असार २४, २०८० आइतबार ०८:१९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।