एमालेको प्राथमिकतामा सत्ता छैन : महासचिव पोखरेल

एमालेको प्राथमिकतामा सत्ता छैन : महासचिव पोखरेल

काठमाडौं : एमालेका महासचिव शंकर पोखरेलले एमालेले सत्तालाई प्राथमिकतामा नदिएको बताएका छन्।

एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको अभिमुखीकरणमा पोखरेलले कमजोरको सहकार्यबाट राष्ट्र निर्माण हुननसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको बताए।

बलिया राजनीतिक शक्ति एकजुट गरी मुलुक निर्माण गर्न सकिने निष्कर्षसहित सो काममा एमाले लागेको भन्दै सोही अभियान अन्तर्गत एमाले मिशन ग्रासरुटमा लागेको बताए।

धेरै राजनीतिक दल हुँदा मुलुकमा राजनीतिक अस्थिरता हुने भएकाले नेपाली समाजले अब एउटै बलियो राजनीतिक शक्ति निर्माणको विषयमा बहस पैरवी गर्ने बेला आएको उनको भनाइ छ।

असार २३, २०८० शनिबार २१:३५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।