एक इन्च जमिन भए पनि फिर्ता लिन्छौं : राष्ट्रपति जेलेन्स्की

एक इन्च जमिन भए पनि फिर्ता लिन्छौं : राष्ट्रपति जेलेन्स्की

एजेन्सी : युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो एक इन्च भए पनि जमिन फिर्ता लिने बताएका छन्।

युक्रेन-रुस युद्धको पाँच सय दिनमा स्नेक आइल्याण्डको भ्रमण गरेका उनले त्यहाँबाट आफ्नो एक-एक इन्च जमिन फिर्ता लिने बताएका हुन्।

यस अवसरमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले यस क्षेत्रलाई स्वतन्त्र गराउनेहरूलाई सम्झिए।

यस क्रममा जेलेन्स्कीले यस युद्धमा युक्रेनको जित्ने वाचा गर्दै आफ्नो मातृभूमिको लागि लडिरहेका सबैलाई धन्यवाद दिए।

युद्धको शुरुवाती दिनमा रुसले यो टापु कब्जा गरेको थियो तर चाँडै युक्रेन आफ्नो भूमि फिर्ता गर्न सफल भयो।

जेलेन्स्कीले एक भिडियोमा स्नेक आइल्याण्ड युक्रेनले आफ्नो क्षेत्रको प्रत्येक इन्च फिर्ता लिएको प्रमाण भएको बताए।

असार २३, २०८० शनिबार २०:४३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।