प्रधानमन्त्रीको राजीनामा मागेर एमाले फस्यो : उपाध्यक्ष पाण्डे

प्रधानमन्त्रीको राजीनामा मागेर एमाले फस्यो : उपाध्यक्ष पाण्डे

काठमाडौं : एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टीकरणको मौका समेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेर फसेको टिप्पणी गरेका छन्।

शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री दाहाललाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर एमाले फसेको टिप्पणी गरे।

‘प्रधानमन्त्रीको राजीनामाको प्रश्न थियो भने पनि उहाँहरूले बोल्नुपर्थ्यो। संसदमा उहाँहरूले कुरा उठाउन सक्नुहुन्थ्यो। के बोलेको हो तपाईँले भनेर प्रधानमन्त्रीसँग क्लियरिफिकेशन माग्न सकिन्थ्यो। तर उहाँहरूले पहिल्यै राजीनामा माग्नुभयो । मलाई लाग्छ–एमाले पार्टी फस्यो।’

उपाध्यक्ष पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय लिएको समेत स्मरण गराए।

एमालेले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ।

असार २३, २०८० शनिबार १९:४६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।