समाजवादी मोर्चाको नीति र आचारसंहिता बनाउन कार्यदल गठन, २६ गतेसम्म अध्यक्षमा माधव नेपाल

समाजवादी मोर्चाको नीति र आचारसंहिता बनाउन कार्यदल गठन, २६ गतेसम्म अध्यक्षमा माधव नेपाल

काठमाडौं : समाजवादी मोर्चा नेपालको आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ।

एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा कार्यदलका सदस्य रहेका छन्।

कार्यदलले बैठकको अध्यक्षताकाे माेडालिटी, मार्चाको आगामी नीति तथा कार्यक्रम र आचारसंहिता बनाउने बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

माेर्चाको अर्काे बैठकले अध्यक्षताका सन्दर्भमा माेडालिटी नबनाउँदासम्म एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नै बैठकको अध्यक्षता गर्ने समझदारी बनेकाे उनको भनाइ छ।

मोर्चाको अर्को बैठक असार २६ गते एकीकृत समाजवादीकै कार्यालय आलोकनगरमा बस्नेछ।

असार २३, २०८० शनिबार १८:४५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।