डा. जगदिशको उपचार अनुभव : डाक्टरले बाँच्न असम्भव भनेको बिरामी दुई महिनापछि घर फर्किए, चमत्कार देखेर चिकित्सक नै छक्क

डा. जगदिशको उपचार अनुभव : डाक्टरले बाँच्न असम्भव भनेको बिरामी दुई महिनापछि घर फर्किए, चमत्कार देखेर चिकित्सक नै छक्क

३० वर्षीय चिकित्सकीय पेशाको यात्राका क्रममा नसारोग तथा चिकित्सा शिक्षा विधि विशेषज्ञ प्रा. डा. जगदिश प्रसाद अग्रवालले धेरै उत्तरचढाव देखेभोगेका छन्। जसमध्येका केही प्रसङ्ग उनले उकेरासँग साटे।

त्रिभुवन विश्वविद्यालय, शिक्षण (टिचिङ) अस्पतालमा काम गर्दाको एउटा घटना डा. जगदिशको मानसपटलमा ताजै छ। घटना २० वर्ष अघिको हो। अस्पतालमा ५० वर्ष नाघेकी महिलालाई उपचारका लागि पुर्याइयो।

ती महिलालाई मुटुको भल्ब र दमको दीर्घरोग सम्बन्धी समस्या रहेछ। श्वासप्रश्वासमा समस्या थियो। त्यसैले गाह्रो भएपछि परिवारले उनलाई अस्पताल पुर्याइहाल्थे।

त्यसै क्रममा दमले असाध्यै च्यापेर श्वास फेर्न कठिन भएपछि ती महिलालाई परिवारले शिक्षण अस्पताल पुर्याएछन्। अस्पताल पुर्याउँदा स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो। उनको शरीरमा अक्सिजनको कमी थियो।

डा. जगदिशको कुरा सुनेपछि ती बिरामी महिलाका श्रीमान्ले जवाफ दिए, ‘हेर्नुहोस् डाक्टर साप, म चाहिँ मेरी श्रीमती मार्ने पाप लिन्न। तपाईंको इच्छा लाग्छ भने निकाल्नुहोस्।’

डा. जगदिशको टिमले ती महिलालाई आईसीयूमा लग्यो, अक्सिजन दियो र आवश्यक औषधि उपचार थाल्यो। तर, केही दिनको औषधि उपचारपछि समेत महिलाको स्वास्थ्यमा सुधार भएन र भेन्टिलेटरमै राख्नुपर्ने भयो।

त्यति गर्दा पनि महिलाको स्वास्थ्यमा सुधार भएन। उल्टो झन् जटिल बन्दै गयो। कसै गर्दा पनि स्वास्थ्य अवस्था ठिक हुने संकेत नदेखिएपछि चिकित्सकको टोलीले बचाउन नसकिने निष्कर्ष निकाल्यो।

न बिरामी ठिक हुन्छ, न त भेन्टिलेटरबाटै निकाल्न सकिने अवस्था थियो। भेन्टिलेटर खाली नहुँदा अरु बाँच्न सक्ने बिरामीलाई समेत राख्ने ठाउँ अभाव भयो।

ती महिलालाई भेन्टिलेटरबाट निकाल्नासाथ मृत्यु नै हुने करिब निश्चित थियो। त्यसैले चिकित्सक दुविधामा परे। धेरै छलफलपछि चिकित्सकको टिमले महिलालाई त्यहाँबाट निकाल्ने निष्कर्षमा पुगे।

तर, ती महिलाको परिवारको सहमति त लिनु नै थियो। डा. जगदिशले बिरामी महिलाको श्रीमान्लाई भेटे र स्पष्टसँग कुरा राखे।

भने, ‘तपाईंको श्रीमतीको स्वास्थ्य अवस्था जटिल छ। यतिका दिनदेखि भेन्टिलेटरमा राख्दासमेत कुनै सुधार भएको छैन। भेन्टिलेटरबाट निकाल्दा उहाँ नरहन पनि सक्नुहुन्छ। तर, हामीले सल्लाह गर्दा बिरामीले दुःख पाइरहेकाले भेन्टिलेटरबाट निकाल्नु नै उचित हुने देखिन्छ, के गर्ने? सहमति दिनुहुन्छ भने मात्रै हामी भेन्टिलेटरबाट निकाल्छौं।’

डा. जगदिशको कुरा सुनेपछि ती बिरामी महिलाका श्रीमान्ले जवाफ दिए, ‘हेर्नुहोस् डाक्टर साप, म चाहिँ मेरी श्रीमती मार्ने पाप लिन्न। तपाईंको इच्छा लाग्छ भने निकाल्नुहोस्।’

त्यसपछि डा. जगदिश नाजवाफ भए। श्रीमान्को त्यो भनाइपछि उनी आफैँ दोधारमा परे र भेन्टिलेटर कक्षमा छिरे। श्रीमान्ले ननिकाल्ने भनेपछि डाक्टरको टिमले झिनो आशा बोकेर बचाउन प्रयास गरिरह्यो। महिलाको निरन्तर उपचार भइनै रह्यो।

उपचार थालेको केही दिनपछि युवतीका बुवाले मलीन मुद्रामा चिकित्सकको टिमलाई भनेछन्, ‘डाक्टरसाप छोरीलाई घर लानुपर्यो।’ चिकित्सकको टिमले किन भनेर सोधपुछ गरे। कुरा गर्दै जाँदा थाहा भयो, उनीसँग छोरीको उपचार गर्ने पैसा नै सकिएछ।

त्यहिबीचमा चिकित्सकको टिमले नसोचेको चमत्कार भयो। भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै माया मारेकी महिलाको स्वास्थ्यमा सुधारका संकेत देखिए। चिकित्सकको टिमले उत्साहित हुँदै थप कोसिस गर्यो। केही समयपछि उनको स्वास्थ्यमा मनग्य सुधार देखियो। भेन्टिलेटरबाट निकाल्नसक्ने अवस्था भयो अनि निकालियो। तर, माया मारेर हैन, स्वास्थ्य अवस्था सुधार भएर।

महिलाको स्वास्थ्यमा सुधार हुँदै गएपछि जनरल वार्डमा सारियो। करिब दुई महिना अस्पताल बसाइपछि ती महिला डिस्चार्ज भइन्। जुन चिकित्सकीय ‘मिराकल’ नै भएको डा. जगदिश बताउँछन्।

ती महिला फलोअपका लागि पुग्दा डा. जगदिशलाई अझै आश्चर्य लाग्छ। त्यो घटनाबाट बिरामीको अन्तिम अवस्थासम्म चिकित्सकले औषधि उपचार छाड्न नहुने र चिकित्सा विज्ञानमा समेत चमत्कार हुने थप ज्ञानसमेत अनुभव गर्न पाएको उनको भनाइ छ।

उनी भन्छन्, ‘हामी (चिकित्सक) कोही हैनौं। हामी बिरामी बचाउने माध्यम मात्रै हौँ। मेडिकल साइन्स माध्यम मात्रै हो। हामीले पेशागत धर्म अन्तिमसम्म छोड्न हुँदैन।’

‘आईसीयूमा उपचाररत छोरीलाई बुवाले घर लान खोजे’
प्रसङ्ग केही वर्षअघिको हो। करिब २० वर्षीया युवती उपचारका लागि शिक्षण अस्पताल पुगिन्। पक्षघात (प्यारालाइसेस) भएर ती युवतीको हातखुट्टा नै नचलेको अवस्था थियो। स्वास्थ्य परीक्षणपछि उनमा नसासम्बन्धी एक किसिमको रोग ‘गुलनबारे सिन्ड्रोम’ रहेछ भन्ने पत्ता लाग्यो।

रोगका कारण युवतीको हातगोडा चल्न छाड्दै गएका रहेछन्। अस्पताल पुग्दा स्वास्थ्य अवस्था जटिल बनिसकेकाले आईसीयूमा राखेर उपचार गर्नुपर्ने भयो। समयमै उपचार पाए यस किसिमको रोग लागेका करिब ९५ प्रतिशत बिरामी ठिक हुने डा. जगदिशको अनुभव छ।

ती युवतीलाई पनि आईसीयूमा राखेर उपचार थालियो। उपचार थालेको केही दिनपछि युवतीका बुवाले मलीन मुद्रामा चिकित्सकको टिमलाई भनेछन्, ‘डाक्टरसाप छोरीलाई घर लानुपर्यो।’

चिकित्सकको टिमले किन भनेर सोधपुछ गरे। कुरा गर्दै जाँदा थाहा भयो, उनीसँग छोरीको उपचार गर्ने पैसा नै सकिएछ। पैसाकै अभावका कारण उपचारपछि बाँच्ने छोरीलाई बुवाले घरै लाने मनस्थिति बनाउँदा चिकित्सकको टिम दुःखी भयो।

जगदिशलाई पनि स्थानीयले ‘राविसे’ बाबु भनेर चिन्थे। ‘राविसे’को लुगामा एउटा लोगो हुन्थ्यो। त्यही लोगोको आधारमा ‘राविसे’ भनेर चिनिन्थ्यो। गाउँमा ‘राविसे’को निक्कै इज्जत हुन्थ्यो।

डा. जगदिशको टिमले ती युवतीको उपचारको पैसा नलिने गरी अस्पतालमा जाँचोपाँजो मिलायो। त्यहि टिमले युवतीका बुवालाई सम्झायो र आईसीयूमा राखेर निःशुल्क उपचार भइनै रह्यो।
विस्तारै स्वास्थ्यमा सुधार हुँदै गएपछि जनरल वार्डमा सारियो। करिब एक महिनाको उपचारपछि युवतीको स्वास्थ्य ठिक भयो र उनी डिस्चार्ज भइन्।

डिस्चार्ज हुँदा ती बुवाछोरी मुस्कुराउँदै घर फर्केको सम्झँदा डा. जगदिश अझै आनन्द महसुस गर्छन्। मन शान्त हुन्छ।

राविसे बाबुको त्यो सम्मान
मोरङको विराटनगरमा जन्मिएका जगदिशले रङ्गेलीस्थित पब्लिक हाइ इङ्लीस स्कुलबाट वि.सं. २०२९ मा एसएलसी गरे। भारतमा पुगेर आइएस्सी गरेका उनी त्यसपछिको अध्ययनका लागि काठमाडौं आएर अमृत साइन्स क्याम्पसमा बीएस्सी अध्ययनका लागि भर्ना भए।

बीएस्सी राम्रो अंक ल्याएर उत्तीर्ण भएपछि त्रिभुवन विश्वविद्यालय, जुलोजी केन्द्रीय विभागमा एमएस्सी अध्ययनका लागि भर्ना भए उनी। एमएस्सी अध्ययनकै क्रममा ‘राष्ट्रिय विकास सेवा’ कार्यक्रमका लागि दुर्गमदेखि सुगमसम्मका गाउँ–गाउँमा गएर कामसमेत गरे उनले।

त्यो बेला विद्यार्थीहरू गाउँ-गाउँका विद्यालयमा गएर पढाउने, चर्पी तथा बाटोघाटो निर्माणका काम गर्नुपर्ने हुन्थ्यो। त्यसका लागि जगदिश नवलपरासीको तत्कालीन सुनवल गाउँ पञ्चायतमा पुगे। त्यो बेला ‘राष्ट्रिय विकास सेवा’ कार्यक्रमका विद्यार्थीलाई ‘राविसे’ भन्ने चलन थियो।

जगदिशलाई पनि स्थानीयले ‘राविसे’ बाबु भनेर चिन्थे। ‘राविसे’को लुगामा एउटा लोगो हुन्थ्यो। त्यही लोगोको आधारमा ‘राविसे’ भनेर चिनिन्थ्यो। गाउँमा ‘राविसे’को निक्कै इज्जत हुन्थ्यो।

‘राविसे बाबुको ठूलो इज्जत थियो, जीवनमा मैले पाएको सबैभन्दा ठूलो इज्जत राविसे बाबुको इज्जत नै हो’, विगत सम्झिँदै जगदिशले सुनाए।

राविसेको रूपमा पाँच महिना नवलपरासीमा काम गरेपछि उनी सरकारको निर्देशनमा काठमाडौं फर्किए।

लहडमा डाक्टरी अध्ययन
जगदिश एमएस्सी दोस्रो वर्षमा पढ्दै थिए। उनले एबीबीएस अध्ययनमा लागि पनि प्रयास गरिरहेका थिए। नभन्दै एमएस्सी अध्ययन गर्दागर्दै उनी शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययनका लागि छनोट भए।

अध्ययन सकेर फर्केपछि मेडिसिन विभागमा नै न्यूरोलोजी युनिट स्थापना गरेर सेवा दिए। सन् २००० मा डा. जगदिश दुई वर्षे चिकित्सा शिक्षा विधि सम्बन्धि स्नातकोत्तर तहको अध्ययनका लागि नेदरल्याण्ड्स गए।

अनि त के चाहियो, उनी एमबीबीएस अध्ययनका लागि सन् १९७९मा भारतको राजस्थानस्थित सवाईमान सिंह मेडिकल कलेजमा भनाए भए। एमबीबीएसपछि उनले भारतमै इन्टरनल मेडिसिनमा एमडी अध्ययन गरेर सन् १९८९ मा नेपाल फर्किए।

त्यसोे त जगदिशले डाक्टर नै पढ्छु भनेर सोचेका पनि थिएनन्। प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएकाले लहडमा नै उनले विज्ञान विषय पढेका थिए। गाउँलेहरूले ‘पढाइ राम्रो छ, यसले त डाक्टर नै पढ्नुपर्छ’ भन्ने गरेका थिए।

नभन्दै लहडै लहडमा उनले विज्ञान हुँदै डाक्टरी पढे र डाक्टर बने।

एकपछि अर्को सिँढीको सफलता
एमडी सकेर नेपाल फर्कनासाथ त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पस (शिक्षण अस्पताल)मा डा. जगदिशको जागिर सुरू भयो। उनी क्याम्पसमा मेडिसिन विभागमा सहायक प्राध्यापकका रूपमा जागिरे भए।

क्याम्पसमा जागिरे भएपछि चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउने अनि शिक्षण अस्पतालमा बिरामीको औषधि उपचार गर्नु उनको दैनिकी भयो। क्रमिक रूपमा बढुवा हुँदै जाँदा जिम्मेवारी पनि थपिँदै गयो।

डा. जगदिश बढुवा हुँदै प्राध्यापक भए। महाराजगञ्ज चिकित्सा क्याम्पसमा त्यो बेला नसा रोग विशेषज्ञको कमी थियो। त्यसैले डा. जगदिशले सन् १९९४ मा जापान पुगेर एक वर्ष क्लिनिकल न्यूरोलोजी विषयको अध्ययन गरेर फर्किए।

अध्ययन सकेर फर्केपछि मेडिसिन विभागमा नै न्यूरोलोजी युनिट स्थापना गरेर सेवा दिए। सन् २००० मा डा. जगदिश दुई वर्षे चिकित्सा शिक्षा विधि सम्बन्धि स्नातकोत्तर तहको अध्ययनका लागि नेदरल्याण्ड्स गए।

डा. जगदिशले महाराजगञ्ज चिकित्सा क्याम्पसमा करिब ३० वर्ष काम गर्दा चिकित्सा शिक्षा र चिकित्सा विषयका धेरै ज्ञान तथा सीप सिक्ने र सिकाउने मौका पाए। जुन अवसरकाप्रति उनी नतमस्तक छन्।

त्यहाँबाट फर्केपछि महाराजगञ्ज क्याम्पसमा भएको चिकित्सा शिक्षा विभागमा पार्ट टाइमरका रूपमा चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउने शिक्षकलाई सीपको तालिम दिन थाले। पाठ्यक्रम तयार गर्नेजस्ता कामसमेत उनको जिम्मेवारी थियो।

डा. जगदिश क्याम्पसको मेडिसिन विभाग र चिकित्सा शिक्षा विभागको प्रमुखको भूमिकामा रहेरसमेत काम गरे। पछि क्याम्पसको त्यो चिकित्सा शिक्षा विभाग ‘नेश्नल सेन्टर फर हेल्थ प्रोफेशन एजुकेशन’ मा रुपान्तरण भयो। जसको करिब सात वर्ष कार्यकारी निर्देशकको भूमिकामा उनले काम गरे।

डा. जगदिशले चिकित्सा शास्त्र अध्ययन संस्थानमा साढे तीन वर्ष डीनको रूपमा समेत काम गरे। डीनका रूपमा उनको चार वर्षे पदावधि भए पनि उमेरहदका कारण साढे तीन वर्षमै २०७७ सालमा अवकास पाए।

डा. जगदिशले महाराजगञ्ज चिकित्सा क्याम्पसमा करिब ३० वर्ष काम गर्दा चिकित्सा शिक्षा र चिकित्सा विषयका धेरै ज्ञान तथा सीप सिक्ने र सिकाउने मौका पाए। जुन अवसरकाप्रति उनी नतमस्तक छन्।

आफूले पढाएका विद्यार्थी संसारका विभिन्न मुलुकमा फैलिएर प्रगति गरेको देख्दा र सुन्दा उनलाई आनन्द लाग्छ।

असार २३, २०८० शनिबार १८:१८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।