सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध, यातायात सुचारु हुन केही समय लाग्ने

सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध, यातायात सुचारु हुन केही समय लाग्ने

काठमाडौं : पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध भएको छ।

शनिबार दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी रुपमै अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिए। पहिरो पन्छाइ सडक सञ्चालन गर्न केही समय लाग्ने उनले बताए।

असार २३, २०८० शनिबार १७:२९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।