समाजवादी मोर्चाको पहिलो बैठक सुरु, प्रधानमन्त्री प्रचण्ड पनि सहभागी

समाजवादी मोर्चाको पहिलो बैठक सुरु, प्रधानमन्त्री प्रचण्ड पनि सहभागी

काठमाडौं : समाजवादी मोर्चाको पहिलो बैठक आज (शनिबार) अपरान्ह सुरु भएको छ। आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा समसामयिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो।

बैठकमा मोर्चाको आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ। बैठकमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पनि उपस्थिति रहेको छ।

त्यसैगरी बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष विप्लव लगायतका नेता सहभागी छन्।

असार २३, २०८० शनिबार १७:२२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।