गगन थापाको प्रधानमन्त्री बन्ने प्रयास जारी, भन्छन् : संसदीय दलको नेता बदल्ने कुरामा म थाकेको छैन

गगन थापाको प्रधानमन्त्री बन्ने प्रयास जारी, भन्छन् : संसदीय दलको नेता बदल्ने कुरामा म थाकेको छैन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको आवश्यकता रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू एक पटक पार्टीको संसदीय दलको नेतामा पराजित हुँदैमा नथाकेको बताए। थापाले आफू प्रधानमन्त्री बन्ने प्रयासमा रहेको पनि उल्लेख गरे। 

उनले आफू पुनः काँग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने बताए। यसो गर्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिने उनले बताए।

‘म नेपाली कांग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर संसदीय दलको नेता हुने कोसिस गरेको हुँ। मैले साथीहरुको चित्त बुझाउन सकिनँ। तर म थाकेको छैन। हारेको छैन,’ उनले भने।

असार २३, २०८० शनिबार १५:१२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।