कक्षा ११ मा छात्रवृत्ति दिन काठमाडौं महानगरले परीक्षा लिंदै, अनलाइन आवेदन दिन सकिने
काठमाडौं : काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि परीक्षा सञ्चालन गर्ने भएको छ। कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा लिन महानगरले सूचना प्रकाशन गरेको छ।
महानगरपालिकाभित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/८१ मा छात्रवृत्तिमा पढ्न चाहनेले यही असार २८ देखि साउन १२ गतेसम्म अनलाइन आवेदन फारम भर्न सूचनामा भनिएको छ।
छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा सञ्चालन हुनेछ।
असार २३, २०८० शनिबार १४:३८:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।