हिउँदमा सिंचाइको अभाव हुने दोधारा चाँदनीमा बर्खामा बाढीको चिन्ता

हिउँदमा सिंचाइको अभाव हुने दोधारा चाँदनीमा बर्खामा बाढीको चिन्ता

दोधारा चाँदनी : महेन्द्रनगरस्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि दोधारा चाँदनीले विकासमा गति लिन थालेको छ। तर हिउँदमा सिंचाइको अभाव हुने दोधारा चाँदनीमा बर्खामा भने बाढीले दिने समस्या यथावत् छ।

दोधारा चाँदनीतर्फको तीन हजार पाँच सय हेक्टर क्षेत्रफल सिंचाइका लागि महाकाली नदीबाट पाउनुपर्ने पानी भारतीय बेवास्ताका कारण पाइएको छैन।

दोधारा चाँदनी अन्न उत्पादनका लागि उर्वर भूमि मानिन्छ तर यहाँ सिंचाइ सुविधा छैन। सिंचाइ सुविधा उपलब्ध भए यँहा अन्न बालीसँगै बेमौसमी तरकारी फलाउन सकिन्छ। तर नेताहरुले चुनावमा मात्रै हामी गर्छौं भनेर आउने तर त्यसपछि वास्ता नगरेका कारण सिंचाइ सुविधा पाउन नसकेको स्थानीयको गुनासो छ।

उता हिउँदमा सिंचाइ सुविधा नभएको ठाउँमा बर्खामा भने हरेक वर्ष बाढीले क्षति पुर्याउने गरेको छ। तीनतिर जोगबुडा नदी र एकातर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनी​​​​​​​मा बर्खामा डुबान र कटान धेरै हुन्छ।

बाढीकै कारण यहाँबाट धेरै अन्यत्र बसाइ सरेर गइसके। ४९ परिवारको बसोबास रहेको यो बस्तीमा तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्ने गर्दछन्।

असार २३, २०८० शनिबार १३:१९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।