प्रधानमन्त्रीको आग्रहपछि बंगलादेशका पूर्वकप्तानले एक दिनमै लिए सन्न्यास फिर्ता
एजेन्सी : बंगलादेशका पूर्वकप्तान तमिम इकबालले सन्न्यास घोषणा गरेको एकदिनमै आफ्नो सन्न्यास फिर्ता लिएका छन्। प्रधानमन्त्री शेख हसिनाको आग्रहपछि उनले सन्न्यास फिर्ता लिने निर्णय गरेका हुन्।
एकदिवसीय टिमका पूर्वकप्तान तमिम इकबालले गत बिहीबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए। अफगानिस्तानसँगको एकिदिवसीय खेलमा पराजित भएपछि उनले अचानक सन्न्यास लिएका हुन्।
तर भोलिपल्ट बंगलादेशकी प्रधानमन्त्रीलाई भेटेपछि उनले सन्न्यास फिर्ता लिए। सन्न्यासको घोषणापछि प्रधानमन्त्री हसिनाले नै तमिमलाई भेट्न बोलाएकी थिइन्।
भेटपछि तमिमले अब आफनो चोटको उपचार गरेर करिब ६ हप्ताको विश्रामपछि टिममा फर्किने बताएका छन्।प्रधानमन्त्रीले नै सन्न्यास फिर्ता लिन आग्रह गरेपछि आफूले टार्न नसकेको उनले बताए।
असार २३, २०८० शनिबार ११:४१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।