'आदिपुरुष'ले घटाएन प्रभासको क्रेज, 'सालार'को टिजरले तोड्यो सबै रेकर्ड

'आदिपुरुष'ले घटाएन प्रभासको क्रेज, 'सालार'को टिजरले तोड्यो सबै रेकर्ड

बाहुबली स्टार प्रभासको फिल्म ‘आदिपुरुष’ बक्स अफिसमा सफल नभए पनि दर्शकमा दक्षिण भारतीय अभिनेता प्रभासको क्रेज भने नघटेको देखिएको छ।

उनको ‘सलार’ को टिजरले रेकर्ड राखेको छ। उक्त टिजर २४ घण्टामा सबैभन्दा धेरै हेरिएको भारतीय फिल्मको टिजर बनेको छ। यसले प्रभासको फिल्म ‘आदिपुरुष’ र प्रशान्त नीलको फिल्म ‘केजीएफ २’ को रेकर्ड तोडेको हो। 

अभिनेता प्रभासको फिल्म ‘आदिपुरुष’ को टिजरले ६८.९ मिलियन भ्युज पाएको छ भने निर्देशक प्रशान्त नीलको फिल्म ‘केजीएफ २’ को टिजरले ६८.८ मिलियन भ्युज पाएको थियो।

तर ‘सलार’ले पहिलो २४ घण्टामा ८३ मिलियन भ्युज पाएको छ। प्रभासले आफ्नै फिल्मको रेकर्ड तोडेका हुन्। फिल्म ‘सलार’लाई प्रशान्त नीलले निर्देशन गरेका हुन्, जसले यसअघि भारतीय सिनेमाको इतिहासमा ‘केजीएफ’ सिरिज जस्ता ब्लकबस्टर फिल्म दिएका छन्।

असार २३, २०८० शनिबार ०८:४१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।