बितेको २४ घण्टामा विराटनगरमा सर्वाधिक वर्षा, आज राति देशभर पानी पर्ने सम्भावना

बितेको २४ घण्टामा विराटनगरमा सर्वाधिक वर्षा, आज राति देशभर पानी पर्ने सम्भावना

आज देशका कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना छ। 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा आज पनि हावाहुरीका साथ वर्षा हुने हुँदा सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू  र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा पनि हावाहुरीको चल्ने महाशाखाले जनाएको छ। 

राति देशभर सामान्यदेखि पूर्ण रूपमा बदली हुने र सबै प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ। 

साथै बितेको २४ घण्टामा विराटनगरमा सर्वाधिक बढी ५२.७ मिलिमिटर वर्षा भएको छ भने ओखलढुंगा र घोराहीमा वर्षा नभएको महाशाखाले जनाएको छ। त्यस्तै यो अविधिमा काठमाडौँमा ३.२ मिलिमिटर मात्र वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। 

असार २३, २०८० शनिबार ०८:०१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।