सुर्ती खान्थिन् आमा, पूरै नीलो शरीर भएको बच्चा जन्मियो

सुर्ती खान्थिन् आमा, पूरै नीलो शरीर भएको बच्चा जन्मियो

भातरको गुजरातमा एक महिलाले पूरै शरीर नीलो भएको बच्चालाई जन्म दिएकी छन्। 

यहाँको अस्पतालमा एक महिलाले सी–सेक्शन (सर्जरी) द्वारा बच्चालाई जन्म दिएकी थिइन्। पूरै शरीर नीलो भएको बच्चाको रक्तचापको स्तर पनि कम देखिएको थियो। 

यसपछि, बच्चालाई तुरुन्तै अहमदाबादको नवजात अस्पतालमा सारिएको थियो। यहाँ डाक्टरहरूले बच्चा जाँच गर्दा बच्चाको शरीरमा अत्यधिक मात्रामा निकोटिन भेटिएको थियो। 

गुजरातको मामलामा नवजात बच्चाकी आमा दमकी बिरामी थिइन्। उनी १५ वर्षको उमेरदेखि चुरोटको लतमा थिइन्। उनी दिनमा १०-१५ पोका सुर्ती/गुटखा खान्थिन्। जसको प्रत्यक्ष असर गर्भमा हुर्किरहेको बच्चामा परेको थियो। 

मेडिकल रिपोर्टका अनुसार नवजात शिशुमा जन्मेपछि निकोटिनको मात्रा ६० एनजी/एमएल थियो। जुन एक वयस्कमा हुने निकोटिनको सामान्य स्तरभन्दा ३००० गुणा बढी हो। 

५ दिनको उपचारपछि बालकमा सुधार देखिएपछि चिकित्सकले डिस्चार्ज गरेका हुन्। 

असार २३, २०८० शनिबार ०७:३१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।