विश्वकप छनोटमा अपराजित श्रीलंका, वेस्ट इन्डिज आठ विकेटले स्तब्ध
काठमाडौं : जिम्बावेमा भएको आईसीसी एकदिवसीय विश्वकप छनोटमा श्रीलंकाले अपराजित रहँदै प्रतियोगिता अन्त्य गरेको छ।
शुक्रबार वेस्ट इन्डिजसँग भएको आफ्नो अन्तिम खेलमा ८ विकेटको जित निकाल्दै श्रीलंकाले प्रतियोगिताको सुखद् अन्त्य गरेको हो।
टस हारेर पहिला ब्याटिङमा तानिएको वेस्ट इन्डिजले ४८.१ ओभर सवै विकेट गुमाएर २४३ रन बनाएसँगै श्रीलंकाले २४४ रनको लक्ष्य पाएको थियो।
उक्त लक्ष्य उसले ४४.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि पथुम निस्सान्काले ११३ बलमा १४ चौकाको मद्दतमा १०४ रनको शतकीय पारी खेले।
यस्तै दिमुथ करुणारत्नेले ८३ रनको अर्धशतकीय पारी खेल्दा कुशल मेन्डिस र सदीरा समराविक्रमाले अविजित रहँदै क्रमशः ३४ र १७ रन बनाए।
वेस्ट इन्डिजका केभीन सिन्क्लेयर र अकील होसेनले समान एक–एक विकेट लिए।
त्यसअघि २४३ रन बनाउने क्रममा वेस्ट इन्डिजका केसी कार्टीले ८३ रनको अर्धशतकीय पारी खेले। त्यसबाहेक जोनसन चार्ल्स ३९, केभीन सिन्क्यर २५, रोमायरो शेफर्ड २६, केयल मेयर्स १८, निकोलस पुरन १४ र बे्रन्डन किङ्ग १० रनमा आउट भए।
श्रीलंकाका महीष थीक्सानाले चार, दुशान हेमन्थाले दुई तथा दिलसान मदुसन्का, दसुन शनाका, मथीषा पथीराना र साहन अरचचिगेले समान एक–एक विकेट लिए।
असार २२, २०८० शुक्रबार २०:०२:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।