ज्ञानेन्द्र, दीपेन्द्र, करण र सन्दीपविनाको इमर्जिङ कप खेल्ने राष्ट्रिय क्रिकेट टोली घोषणा
काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले एसियन क्रिकेट काउन्सिल पुरुष इमर्जिङ कपको लागि राष्ट्रिय टोली घोषणा गरेको छ।
१३ जुलाइदेखि श्रीलंकामा हुने प्रतियोगिताको लागि क्यानले शुक्रबार दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी र सन्दीप लामिछानेलाई बाहिर राख्दै राष्ट्रिय टोली घोषणा गरेको हो।
ऐरी र लामिछाने क्यानडामा हुन लागेको ग्लोबल टी–२० लिगमा सहभागी हुन त्यसतर्फ लाग्नेछन् भने ज्ञानेन्द्र र करणलाई आराम दिइएको छ।
क्यानको उनीहरूको स्थानमा १९ वर्षमुनिको टोलीको राष्ट्रिय टिमको कप्तान देव खनाल, स्पिनर श्याम ढकाल, सन्दीप जोरा र सूर्य तामाङले राष्ट्रिय टिममा मौका पाएका छन्।
त्यसबाहेक विश्वकप छनोटमा जिम्बावे गएको टोलीले नै टिममा स्थान बनाएको छ।
भारत, पाकिस्तान र युएईको ‘ए’ टिमसँग समूह ‘बी’मा रहेको नेपालले पहिलो खेल आगामी जुलाइ १४ तारिखमा पाकिस्तान ‘ए’ सँग खेल्नेछ। १७ जुलाइमा भारतको ‘ए’ टिमसँग खेल्ने नेपालले समूह चरणको अन्तिम खेल १९ जुलाइमा युएई ‘ए’ टोलीसँग खेल्नेछ।
असार २२, २०८० शुक्रबार १९:३९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।