रअ प्रमुखको निवासमा प्रचण्डले गोप्य भेट गरेको ओलीको आरोप, भन्छन्– ‘मैले त भेट्छु भन्दा भेट दिएँ’

रअ प्रमुखको निवासमा प्रचण्डले गोप्य भेट गरेको ओलीको आरोप, भन्छन्– ‘मैले त भेट्छु भन्दा भेट दिएँ’

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा भारतीय रअ प्रमुखलाई घरमै पुगेर भेटेको आरोप लगाएका छन्।

स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूले नेपाल आएर भेट्छु भनेपछि देशको हितको पक्षमा कुरा गर्न भेटेको स्वीकारे।

‘भारतबाट रअका प्रमुख नेपाल आए। मसँग भेट्छु भनेँ। नेपाल आएर भेट्छु भन्दा मैले भेट दिएँ,’ उनले भने, ‘यसपटक प्रचण्डजी दिल्ली जानुभो। उनको निवासमा पुगेर लुकेर भेट गरेर गोप्य मन्त्रणा गरेर आउनुभयो।’

अध्यक्ष ओलीले प्रधानमन्त्री निवासमा आफूले देशहितबारे कुरा गरेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले देशहितको पक्षमा कुनै शब्द उच्चारण नगरेको जिकिर गरे।

उनले थपे, ‘मैले देशको हितमा पक्षमा कुरा गरेँ। अहितमा कुनै कुरा गरिनँ। उहाँले देशको हितको पक्षमा कुन शब्द उच्चारण गर्नुभो? के कुरा गर्नुभो? भेटेको कुरा पनि स्वीकार्न सक्नुहुन्न उहाँ।’

असार २२, २०८० शुक्रबार १८:२३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।