‘१० लाख रुपैयाँमा फ्रान्स पठाइदिन्छु’ भन्दै ६ लाख ठगी, मासिक २ लाख तलबको प्रलोभन

‘१० लाख रुपैयाँमा फ्रान्स पठाइदिन्छु’ भन्दै ६ लाख ठगी, मासिक २ लाख तलबको प्रलोभन

काठमाडौं : ‘१० लाख रुपैयाँमा फ्रान्स पठाइदिन्छु’ भन्दै ६ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नुर लाक्पा शेर्पासहित तीन जनालाई वैदेशिक रोजगारीको लागि १० लाख रुपैयाँमा फ्रान्स पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पाँचथरको पाँचथर गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं महागनरपालिका–३२ कोटेश्वर बस्ने ४२ वर्षीय प्रतावसिंह लोवा रहेका छन्।

उनलाईै प्रहरीले वानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा  कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

असार २२, २०८० शुक्रबार १७:४६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।