असारको तेस्रो साता सक्किनै लाग्दा देशभर जम्मा २७ प्रतिशत रोपाइँ

असारको तेस्रो साता सक्किनै लाग्दा देशभर जम्मा २७ प्रतिशत रोपाइँ

काठमाडौं : असार अन्तिम साता लाग्नै लाग्दा मुलुकभर हालसम्म जम्मा २७ प्रतिशत मात्र रोपाइँ भएको छ।

गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए।

प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्याङ्कअनुसार असार २१ गते बिहीबारसम्म करिब २७ प्रतिशत मात्र रोपाइँ भएको उनले बताए। विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी भएको हो।
  
आगामी साउन १५ सम्म सामान्य हिसाबले रोपाइँ हुने भएकाले विगत वर्षमा जस्तै सतप्रतिशत रोपाइँ हुने मन्त्रालयको प्रारम्भिक अनुमान छ।

असार २२, २०८० शुक्रबार १७:१७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।