एमालेले छाडेन प्रधानमन्त्रीको राजीनामाको अडान, संसद् बैठक आज पनि स्थगित

एमालेले छाडेन प्रधानमन्त्रीको राजीनामाको अडान, संसद् बैठक आज पनि स्थगित
फाइल फोटो

काठमाडौं : प्रतिनिधिसभाको शुक्रबार (आज)को बैठक सूचना टाँसेर स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भन्दै स्थगित भएको हो। 

प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामाको अडान नछाडेपछि दहलहरुबीच सहमति नहुँदा संसद् बैठक आज पनि स्ठगित भएको हो। 

सोमबार एक किताब विमोचनमा प्रधानमन्त्री प्रचण्डले किताबका पात्र भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक-पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए। त्यसयता एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक चल्न दिएको छैन।

असार २२, २०८० शुक्रबार १५:४४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।