‘प्रचण्ड’ सरकार ढल्दैन, हामीलाई जनताको पूर्ण समर्थन छ : प्रवक्ता शर्मा

‘प्रचण्ड’ सरकार ढल्दैन, हामीलाई जनताको पूर्ण समर्थन छ : प्रवक्ता शर्मा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन्।

प्रेस सेन्टर नेपाल काठमाडौं शाखाले आज आयोजना गरेको अन्तरक्रियामा नेपाल सरकारका प्रवक्ता शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य नभएको स्पष्ट पारिन्।

‘सरकारलाई जनताको पूर्ण समर्थन छ। भ्रष्टाचारविरुद्धका कदमका कारणले पनि जनताको मर्म बुझेर सरकार काम गरिरहेको अनुभूति भएको छ। सत्तागठबन्धन यो सरकारको पक्षमा कटिवद्ध छ र सरकार दृढतापूर्वक आफ्ना कदम चाल्दैछ,’ उनले भनिन्।

‘बाहिर कहाँ के चलिरहेको छ, हामीलाई थाहा भएन। सरकार पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न पछि पर्ने छैन। राम्रो काम गर्दागर्दै सरकार ढल्छ भने पनि हामीलाई आपत्ति छैन,’ शर्माले थपिन्।

असार २२, २०८० शुक्रबार १४:०१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।