बालिका बलात्कृत मुद्दामा एलओडीका अर्का सञ्चालक पनि पक्राउ

बालिका बलात्कृत मुद्दामा एलओडीका अर्का सञ्चालक पनि पक्राउ

काठमाडौं : काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिङक्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिलबल्ल श्रेष्ठलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। 

एलओडीमा गएकी १६ वर्षकी बालिका बलात्कृत भएको घटनामा सञ्चालक श्रेष्ठलाई पनि आज बिहान कुपण्डोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

उनका अनुसार सोही मुद्दामा अर्का सञ्चालक राजुसिंह सुवाललाई बिहीबार साँझ बालुवाटारबाट पक्राउ गरिएको थियो। उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको शाहले जानकारी दिए।

जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुई जना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको थियो। प्रहरीले यसअघि बलात्कारको आरोप लागेका सुदन कोइरालालाई पक्राउ गरिसकेको  ।

असार २२, २०८० शुक्रबार १३:४९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।