आज देशभर वर्षाको सम्भावना

आज देशभर वर्षाको सम्भावना

काठमाडौं : मनसुनी वायुको प्रभावले शुक्रबार (आज) देशभर भारी वर्षाको सम्भावना रहेको छ। आज देशभर सामान्यदेखि पूर्ण बदली रही वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

मनसुनी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ। राति भने कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको  सम्भावना रहेको विभागले जनाएको छ।

असार २२, २०८० शुक्रबार ११:४४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।