एकै ओभरमा ५ छक्का हिर्काएका रिंकु सिंह भारतीय टोलीमा अटाएनन्
वेस्ट इन्डिज भ्रमणका लागि भारतको टी २० टोली घोषणा गरिएको छ।
तर आईपीएल २०२३ मा पाँच बलमा पाँच छक्का प्रहार गर्ने कोलकाता नाइट्राइडर्सका ब्याटर रिंकु सिंह उक्त टोलीमा अटाएनन्। घोषणा गरिएको भारतीय टोलीमा पहिलो पटक ३ खेलाडीलाई डेब्यु गराइएको छ। जसमा ५ जना खेलाडी भने टोलीबाट बाहिरिएका छन्।
रिंकुले यसै वर्ष सकिएको आईपीएल सिजनमा महेन्द्रसिंह धोनी र आन्द्रे रसेलको तुलनामा १६ र २० ओभरको बीचमा बढी छक्का प्रहार गर्ने र डेथ ओभरमा सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका थिए।
उनी छनोट हुन नसकेपछि अहिले भारतभर धेरै प्रश्न उठेका छन्।
उत्तर प्रदेशबाट घरेलु क्रिकेट खेल्ने २५ वर्षीया रिंकु सिंहको नाम सन् २०२२ को आईपीएलबाट चम्कन थालेको थियो। जब उनले ७ खेलमा १४८.७२ को स्ट्राइक रेटमा १७४ रन बनाए।
त्यसपछि, यो सिजनको आईपीएल खेलको अन्तिम ५ बलमा ५ छक्का प्रहार गरेर आफ्नो टोलीलाई असम्भव देखिने जित दिलाएका थिए।
कोलकाताबाट अहमदाबादमा हार्दिक पाण्ड्याको टोली गुजरात टाइटन्सविरुद्ध खेल्दै रिंकुले यो उपलब्धि हासिल गरेका थिए।
वेस्ट इन्डिज भ्रमणका लागि भारतीय टोली ५ जुलाईमा घोषणा भएको हो। १५ खेलाडीको टोलीमा ७ बलर, ६ ब्याट्सम्यान र २ अलराउन्डर छनोट भएका छन्। रिंकु मिडल अर्डर र फिनिशर पोजिसनमा खेल्छन् र फिनिशरका रूपमा मात्र देखिन्छन्।
यस्तो अवस्थामा उनको स्थानमा मध्य र तल्लो क्रममा ब्याटिङ गर्ने खेलाडी मात्र छनोट भए। टी-२० का नम्बर १ ब्याट्सम्यान सूर्यकुमार यादव, कप्तान हार्दिक पाण्ड्या, विकेटकिपर सञ्जु सैमसन, तिलक वर्मा र अक्षर पटेल छन्। हार्दिकलाई कप्तान र अक्षरलाई अलराउन्डरको रूपमा समावेश गरिएको छ।
यो पनि पढ्नुहोस्
असार २२, २०८० शुक्रबार ११:१२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।